प्रकाशित : १२ असार २०७५, मंगलवार १८:३९


विराटनगर, १२ असार । Silagra buy online, acquire lioresal. विराटनगरको हाटखोला स्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको आज विहान मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका र साविकको इन्द्रपुर गाविस ९ घर भएका २५ वर्षीय उत्तम तामाङको मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी अन्जनी पोखरेलले बताउनु भयो । जवरजस्ती करणी मुद्धामा तामाङलाई जिल्ला अदालत मोरङले २०७० साल बैशाख १६ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
पोखरेलका अनुसार लामो समयदेखि नशा सम्बन्धी समस्या रहेका तामाङको हृदयघातका कारण मृत्यु भएको हो । बिरामी भएपछि उपचारका लागि एम्बुलेन्समा कोसी अञ्चल अस्पताल लगिएकोमा अस्पताल पुर्याउने वित्तिकै उनको मृत्यु भएको उहाँले बताउनु भयो ।
उनको शव आफन्तलाई जिम्मा लगाउनका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । तामाङलाई कारागारमा नाइकेको जिम्मेवारी पनि दिइएको थियो ।