प्रकाशित : ११ असार २०७५, सोमबार १०:४९

विराटनगर, असार ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तभित्र सबै स्थानीय तहले दरबन्दीअनुसार कर्मचारी पाउने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसँगको कुराकानीमा मन्त्री पण्डितले कर्मचारी अभाव खेपिरहेका स्थानीय तहमा असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले असारसम्म प्रशासनिक अन्तिरिमकालिन अवस्था रहेको उल्लेख गर्दै त्यसपछिको समयमा यसप्रकारका अवस्थाबाट मुलुकले मुक्ति पाउने जानकारी दिनुभयो । मन्त्री पण्डितले स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पुरा भएको, अफिसर लेवलका कर्मचारी पनि ७५ प्रतिशत पुरा भएको भन्दै सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाईसकिने बताउनुभयो ।

सरकारले पठाएको स्थानमा नजाने कर्मचारीलाई मन्त्रालय गएर हाजिर गरेर बस्न कसैलाई छुट नदिने पनि मन्त्री पण्डितले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३