प्रकाशित : १० असार २०७५, आईतवार १८:४२

Eriacta no rx, dapoxetine online. पथरीशनिश्चरे, १० असार । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नीति, कार्यक्रम सहितको सो वजेट प्रस्तुत गर्नुभएको हो । जसमा, नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने ‘सशर्त’ शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ । सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।

प्रस्तुत बजेटमा चालूतर्फ रु १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ रु २५ करोड १३ लाख ४४ हजार ५०० विनियोजन गरिएको छ । जनसंख्या, भूगोल र आम्दानीको आधारमा वडाहरूलाई रकम विनियोजन गरिएको जनाएको उक्त गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिअन्तर्गत चार लाख विनियोजन गरेको छ ।

सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि रु ७९ करोड ११ लाख ६३ हजारको आय व्यय विवरण प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख धना तामाङले नगरपालिकाले प्रकोप व्यवस्थापनमा एक करोड, मर्मतसम्भारमा एक करोड २५ लाख, वातावरण विकासकोषमा ३० लाख, आर्थिक विकासमा एक करोड ६४ लाख, पूर्वाधार विकासमा चार करोड ५५ लाख, सामाजिक विकासमा एक करोड ९९ लाख बजेट छुट्याइएको जानकारी दिनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३