प्रकाशित : १० असार २०७५, आईतवार १४:०१


Cialis Super Active buy online, purchase clomid. विराटनगर, १० असार । यस वर्षको एसईई परीक्षामा विराटनगरको एभरेष्ट माध्यमिक विद्यालयकी विद्यार्थी कृतिका थापा नेपाल टप भएको विद्यालयले दाबी गरेको छ ।
छात्रा थापाले सबै विषयमा ए प्लस सहित ४ जिपीए अंकसहित एसईई उर्तीण गरेका कारण नेपाल टप भएको दावी गरिएको पिन्सीपल टीकाराम पुरीले दावी गर्नु भएको हो ।
प्रिन्सिपल पुरीका अनुसार यस वर्षको एसईई परीक्षामा एभरेष्टबाट सहभागि भएका १ सय ४६ विद्यार्थी मध्ये ९० जनाले ए प्लस र ५६ जनाले ए ल्याएका छन् ।
यसैगरि विराटनगरको पोखरिया माध्यमिक विद्यालयले पनि आफ्नो विद्यार्थी समीक्षा नेपाल नेपाल टप भएको दावी गरेको छ । नेपालभरका ४ जिपीए ल्याउने २४ विद्यार्थी मध्ये नेपाल पनि एक भएको शिक्षक महेश गौतमले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अन्य विद्यालयले नेपाल टप भएको दावी गर्छन भने हामी पनि गर्छौं ।’ उहाँका अनुसार पोखरियाबाट २५४ विद्यार्थी मध्ये ७२ जनाले ए प्लस, ८८ जनाले ए , ४२ जनाले वी प्लस र २२ जनाले सी ल्याएको गौतमले बताउनुभयो ।