देशभर थप ८८८ जनामा कोरोना संक्रमण

विराटनगर, ३० साउन । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो […]

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीको विराटनगरमा विदाई

विराटनगर, ३० साउन । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश […]

झि पुचमा हाँस्यव्यङ्ग्य कविगोष्ठी

विराटनगर, २८ साउन । नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली, मधु पोखरेल, हरि कट्टेल, भरत गुरागाईं, सुमन पोखरेल, शुभलक्ष्मी लम्साल, सरिता लुलाधर, सविना श्रेष्ठ, लक्ष्मी रायमाझी, रोहिणी रसिक, […]

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

विराटनगर, २८ साउन । मिल्स गोल्डकप ट्रष्टले साना बालबालिकालाई लक्षित गर्दै ग्रामरुट फुटबल प्रशिक्षण सुरु गरेको छ ।विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्र अर्थात भारतसँग सीमा जोडिएको स्थानका बालबालिकालाई लक्षित गर्र्दै ट्रष्टले ‘ग्रासरुट फुटबल’ प्रशिक्षण सुरु गरेको हो । जुट मिलको मैदानमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षणको सुरुआत गरेका हुन् । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि […]

प्रजातान्त्रिक विचार समाजमा सुवेदी

विराटनगर, २८ साउन । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन हुनु भएको छ । समाजको आज विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा रमानाथ भट्टराई, […]