विराटनगर ७ मंसिर । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम पर्ने हुनाले रोकथामका लागि तीन तहको सरकार सम्वेदनशील हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आज विराटनगरमा आयाजित बालबिवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा प्रादेशिक राष्ट्रिय जाँच वुझ परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाहले किशोरीको अधिकार हनन् हुनुका साथै शैक्षिक क्षेत्रबाट […]
विराटनगर– विराटनगर १४ को जनता बाल आधारभूत विद्यालयले कक्षा सञ्चालनका लागि नजिकका निजी विद्यालयका विद्यार्थी जवरजस्ती ल्याएको भन्दै मुद्धा परिरहन्थ्यो । विद्यालयका प्रधानाध्यापकलाई पठन पाठन, विद्यालय प्रशासन सञ्चालन भन्दा पनि मुद्धा मामिलामा धाहिरहनु पथ्र्यो । सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने, निजीमा बढ्ने क्रम थियो । सामुदायिक विद्यालय सञ्चालनका लागि निजीका विद्यार्थी ल्याएको आरोपमा विद्यालय विरुद्ध मुद्धा […]
विराटनगर, ७ मंसिर । नेकपा एमाले मोरङले पार्टीको ११ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि साेमबार ( भाेलि) देखि निर्वाचन प्रकृया शुरू गर्दै छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर ८ गते मतदाता नामावली प्रकाशन, ९ गते उम्मेदवार मनोनयन दर्ता, ११ गते विहान ११ः बजेसम्म मतदाता र उम्मेदवार उपर दावी बिरोध, सोही दिन दिउँसो १ बजे […]
विराटनगर ६ मंसिर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो । काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई […]
विराटनगर ६ मंसिर । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनको यूवा प्रतिनिधिमा विराटनगरका नवराज नेपाल (टुप्पी) आकांक्षी भएको बताएका छन् । एमाले मोरङले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ८ गते देखि निर्वाचन प्रकृया शुरु गर्दै छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने नेपालले बताए । मोरङ क्षेत्र नं. ४ मा यूवा तर्फ एक जना […]