सीमापार हुने मानव बेचविखन तथा ओसारपसार, शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तर्राष्ट्रिय कार्यशाला

विराटनगर ४ पुस । नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तराष्ट्रिय कार्यशाला विराटनगरमा शुरू भएको छ । दुईदिने कार्यशालाको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो । मन्त्री श्रेष्ठले मानव बेचबिखन सीमा नमान्ने गम्भीर अपराध भएकाले यसविरुद्ध दुवै देशबीच मजबुत सहकार्य आवश्यक […]

अन्तर स्कुल क्रिकेटमा ग्रिनपिस विजयी

विराटनगर २ पुस । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गिनपिस स्कुल विजयी भएको छ । बुधबार भएको खेलमा ग्रिनपिसले डिएभी स्कललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १६ रनको योगदान दिएको […]

ट्रक चालक तथा सहचालकका लागि निःशुल्क आँखा शिविर

विराटनगर, २ पुस । विराटनगर ट्रक व्यवसायी संघको आयोजनामा आज ट्रक चालक तथा सह–चालकहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा […]

डा. शेखर कोइरालाले भने–पार्टी अध्यक्षलाई स्थानहद तोकेर सरकारले कस्तो चुनाव गर्न खोज्दैछ ?

विराटनगर २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले चुनावको वातावरण बनाउन नसकेको बताउनु भएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपनि सरकारले शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा डा. कोइरालाले राजनीतिक दलको अध्यक्षलाई उपत्यका नछाड्न भन्दै स्थान हद […]

कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न व्यवसायीहरूको जोड

विराटनगर २ पुस । कोशी प्रदेशका उच्च मूल्य भएका कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । आज विराटनगरमा इनोभेट नेक्स्ट इम्प्याक्ट संस्थाले आयोजना गरेको कोशी प्रदेशका निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरू सम्बन्धी सार्वजनिक–निजी सम्वाद कार्यक्रमका सहभागीहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न सरकारी निकायसँग जोड गरेका हुन् । कार्यक्रममा […]