विराटनगर, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दलीय गठबन्धन अन्र्तगत नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कम्तीमा एक सय सिट लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शनिबार आयोजित एकदिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले निर्वाचनमा कम्तीमा एक सय सिट लिएर गठबन्धनसंगै निर्वाचनमा जान सकिने बताउनु भएको हो । […]
विराटनगर, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ । सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला […]
विराटनगर, २४ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिका–१३ का फिरोजकुमार साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै आफ्ना चुनावी एजेण्डा लिएर उहाँले निर्वाचन लक्षित कार्यक्रमलाई अघि बढाउनु भएको […]
विराटनगर, २१ साउन । आगामी ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा […]
विराटनगर, ७ साउन । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद ब्यक्त गरेको हो । एमाले मोरङले अविलम्ब प्रदेशबासी […]