राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्नु भएको हो । कार्यालय शुभारम्भ गर्दै निर्वाचन अधिकृत […]

महासंघको आसन्न निर्वाचन लक्षित गतिविधि अघि बढाउने प्रेस युनियन कोशी प्रदेशको निर्णय

विराटनगर १४ पुस । नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा आज विराटनगरमा बसेको बैठकले पत्रकारहरूको विधागत क्षमता विकासका लागि केन्द्रसँग समन्वय गरी जिल्ला शाखाहरूमार्फत १४ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्लो समय पत्रकारिता विधागत […]

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन धामीको मन्त्र जस्तो : एमाले अध्यक्ष ओली

विराटनगर १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गर्नुभएको छ । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गर्नुभयो । धामीले मन्त्र पढ्दा […]

अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित

विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. […]

श्रम संसार वेभ पोर्टलको सञ्चालन निर्देशिका संवन्धि अन्तरक्रिया

विराटनगर १३ पुस । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालनमा ल्याईएको श्रम संसार वेभ पोर्टलको सञ्चालन निर्देशिकाबारे आज विराटनगरमा सरोकारवालाहरुवीच छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । गत बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याईएको सूचना प्रणाली सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयार गरेको श्रम संसार वेभ पोर्टलको सञ्चालन, प्रयोग तथा कार्यन्वयन संवन्धि निर्देशिका २०८० […]