गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी

काठमाडौं १४ जेठ । कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो । चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका […]

आन्दोलनकारीसँग बार्ता गर्न कोशी प्रदेश कांग्रेस संसदीय दलको माग

विराटनगर ११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै बार्ता समिति गठन गर्न माग गरेका छन । आज प्रेस विज्ञप्ति जारी गर्दै काग्रेस कोशी प्रदेशका सभापति समेत रहनु भएका थापाले बार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी […]

अमेरिकी साम्राज्यवाद विरुद्ध राष्ट्रिय जनमोर्चाको मेची महाकाली अभियान

विराटनगर ९ जेठ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्ध मेची– महाकाली अभियान शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको अभियान अन्र्तगत आज विराटनगरमा पत्रकार सम्मेलन गरि अभियानबारे जानकारी गराईएको छ । नेपालमा दिनप्रतिदिन अमेरिकी साम्राज्यवादको प्रभाव र प्रभुत्व बढ्दै गएको भन्दै राष्ट्रिय जनमोर्चा यस विरुद्ध मेची–महाकाली अभियान शुरु गरेको केन्द्रीय सचिव हिमलाल […]

कोशी प्रदेश सरकार छाड्नका लागि पार्टीले संकेत गरेको छैन : मन्त्री लिम्वू

विराटनगर ७ जेठ । कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला तावा लिम्वूले सरकार छाड्नेबारे पार्टीले कुनै संकेत नगरेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकारमा रहने वा नरहनेबारे आफुलाई कुनै जानकारी तथा संकेतहरु नआएको उहाँको भनाई छ । आईतबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ सरकार छाड्ने वा सरकारमा रहने […]

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्ले बर्खास्त

विराटनगर ३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको हो । बोर्डको विभागिय सामाजिक विकास मन्त्रालयसँग आवश्यक […]