Refresh

This website www.arunkhabar.com/archives/2237 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

पुलिसका प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, २ फागुन । नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् ।

पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियतामा रहेका खेलाडीहरुको पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोश्रो खेलमा एपिएफका रोशन साउदलाई २१–११, २१–१३ ले पराजित गरे । दोहोरो जित हात पार्ने क्रममा पुलिसका बिष्णु कटुवाल पनि रहे । उनले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१–१३, २१–१४ ले तथा दोश्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाक ओभर प्राप्त गरे ।

यस्तै एपिएफका देवराज रानाले पनि दोहोरो सफलता प्राप्त गरे । पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१९, २२–२० ले पराजित गरेका रानाले दोश्रो खेलमा पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले पराजित गरे । पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेकोमा दोश्रो खेलमा कास्कीका विधान अधिकारी संग १७–२१, १७–२१ ले पराजित भए । एपिएफका क्षितीज खनालले पनि दोहोरो जित हात पारे । पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ ले पराजित गरेका खनालले दोश्रो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१२, २१–१०ले पराजित गरे । पुलिसका सुनील जोशीले पहिलो संघर्षपूर्ण खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोश्रो खेलमा आर्मीका अनिल मल्ललाई २२–२०, २१–९ पराजित गरे ।

आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१०, ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् । १६ बरियतामा रहेका खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगका आधारमा खेल खेलार्ईएको छ ।


नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा भएको प्रतियोगिताको शीर्ष १२ औ बरियतामा रहेको महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरिन् । यस्तै आर्मीकै अमिता गिरीले कन्चनपुरकी निलम महराबाट रिटायर्डहर्टको आधारमा जित पाईन् । ५–१ को अवस्थामा महरा चोट बोक्न पुगेकी थिईन् । ईटहरीमा आयोजना भएको राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिता जितेकी एपिएफकी जेशिका गुरुङ्गले मोरङ्गकी सिमा राजबंशीबाट वाकओभर प्राप्त गरिन् । महिला तर्फ पनि १२ शिर्ष बरियतामा रहेको खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगको आधारमा प्रतियोगिता संचालन गरिएको छ ।


जित निकालेर दोश्रो चरण प्रवेश गर्ने क्रममा काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिस थापाले पर्साका बिशेष राईलाई २१–९, २१–२ ले पन्छाए । प्रतियोगिताको प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री माननिय तिलकुमार मेन्याङ्गबो लिम्बुले एक कार्यक्रमविच उद्घाटन गरेका थिए । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २०६ खेलाडीहरुको सहभागिता रहेकोछ ।


करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन् ।


यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन् । सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् । यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।