विराटनगर ११ भदाै। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले जनप्रतिनिधि तथा अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरका कर्मचारीबाट पाँच दिनको तलब सहयोग गर्ने जनाएको छ।
अधिकृतस्तरका शिक्षकबाट पाँच दिन र सहायकस्तरका शिक्षकबाट तीन दिनको तलब सहयोग गरिनेछ।
संकलित रकममध्ये ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरप्रमुख नागेश्वरप्रसाद सिंहले जानकारी दिनुभयो।