विराटनगर १४ असार । नेकपा एमाले विराटनगर ४ ले मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रेडक्रस सोसाईटी विरानविराटनगर कञ्चनबारीमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेको वडा कमिटी अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगर उपप्रमुख शिल्पानिराला कार्की, एमाले मोरङ उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य संस्थाहरुमा रगत अभावलाई मध्यनजर गर्दै वडा कमिटीले रक्तदान कार्यक्रम गरेको अध्यक्ष काफ्लेले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी केन्द्रीय सदस्य कार्कीले रक्तदानमा सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
