कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंद्धारा पदबाट राजीनामा

विराटनगर १० कात्तिक । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिनु भएको छ ।

पदको दुरुपयोग गरेको आरोप लागेपछि उहाँले मंगलबार पदबाट राजीनामा दिनु भएको हो । उहाँले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाउनु भएको छ । उहाँको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको, अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयमा विवादमा तानिनु भएको थियो । आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध भएपछि उहाँ नैतिक संकटमा पर्नु भएको थियो ।