विराटनगरका अभिषेक श्रेष्ठ  कृषि, वन तथा पर्यावरण मन्त्रीको सल्लाहकारमा नियुक्त ‎

विराटनगर ३१ असाेज ।   बिगत लामो समयदेखि जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वित्त र हानि तथा नोक्सानीको क्षेत्रमा क्रियाशील   अभियन्ता विराटनगरका यूवा अभिषेक श्रेष्ठ  कृषि , वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकार पदमा नियुक्त हुनु भएकाे छ ।

श्रेष्ठ नेपाल सरकारको विशिष्ट श्रेणी  सचिव सरहको अवैतनिक सल्लाहकारमा नियुक्त हुनु भएकाे हाे ।

‎‎श्रेष्ठलाई मन्त्रालयको नीतिगत तथा प्राविधिक विषयमा परामर्श दिनेगरी जिम्मेवारी दिइएकाे छ ।

श्रेष्ठले सन् २००९ मा सम्पन्न कोपेनहेगन जलवायु सम्मेलनदेखि निरन्तर रूपमा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ताहरूलाई नजकिबाट पछ्याउँदै आउनु भएकाे छ ।

एशियाका विभिन्नि देशहरूमा सरकारी निकाय, गैरसरकारी संस्था तथा नागरिक समाजसँग मिलेर जलवायु अनुकूलन र नीतिका क्षेत्रमा कार्य गरेको उहासँग गहन अनुभव छ।
‎
‎बेलायतको युनभिर्सिटि अफ ससेक्स बाट प्रतिष्ठित चेभनिङ स्कोलर’ का रूपमा क्लाइमेट चेन्ज एन्ड पोलिसिमा स्नातकोत्तर तह पूरा गरेका श्रेष्ठले जलवायु अभियान र अध्ययनमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले सन् २०१७ मा उहाँलाई राष्ट्रिय जलवायु परविर्तन पुरस्कार बाट सम्मानित गरेको थियो।

जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका समस्या, अन्तर्राष्ट्रिय  मञ्चमा उठाइनुपर्ने हानी (नोक्सानीका एजेन्डा तथा हरित जलवायु कोष लगायतका जलवायु वित्तमा नेपालको पहुँच अभिवृद्धि गर्न श्रेष्ठको विज्ञता र अनुभव मन्त्रालयका लागि महत्वपूर्ण हुने विश्वास लिईएको छ।