अर्किड स्कुलमा दसैंको शुभकामना आदानप्रदान

विराटनगर २८ असाेज । अर्किड स्कुल विराटनगरले नेपालीहरूको महान् चाड बडादसैं (विजयादशमी) का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले हाम्रा मौलिक चाडपर्वहरूले समाजमा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

उनले यस्ता सांस्कृतिक पर्वहरूले समाजलाई एकताको सूत्रमा बाँधेर सकारात्मक दिशातर्फ अघि बढाउने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा उपस्थित शिक्षक–शिक्षिकाहरूले आपसमा बडादसैं, तिहार तथा छठ पर्वको शुभकामना साटासाट गरेका थिए ।