कोशी प्रदेश सभाको बैठक असोज २२ गते बस्ने

विराटनगर १८ भदौ । कोशी प्रदेश सभाको बैठक आगामी असोज २२ गते बिहीबारका लागि बोलाइएको छ ।

कोशी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै नवौं अधिवेशनको बत्तिसौँ (३२ औँ)बैठक असोज २२ गते दिनको १ बजे बस्ने जानकारी दिएको हो। उक्त बैठक कटहरीस्थित कोशी प्रदेशभामा बस्ने छ ।

यसअघि गत भाद्र २२ गते अर्को सूचना जारी नभएसम्मका लागि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशानुसार बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।